वृद्धभत्ता १ हजार बढेर ४ हजार भयो

नेपालगन्ज : सरकारले वृद्धाभत्तामा एक हजार रुपैयाँ बढाएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार प्रस्तुत गरेको आर्थिक वर्ष ०७८/७९ को बजेटमा वृद्धाभत्ता चार हजार पु-याएको घोषणा गरेका हुन् । यसअघि ७० वर्ष पुगेका वृद्धवृद्धालाई वृद्धभत्ता तीन हजार रुपैयाँ दिइन्थ्यो । सबै किसिमका सामाजिक सुरक्षा भत्ता २५ प्रतिशत वृद्धि गरेको छ ।