कोरोनाबाट बाँकेका २ सहित ७ को मृत्यु

नेपालगन्ज : बाँके जिल्लाका अस्पतालमा मंगलबार ७ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेका २ जना र बाहिरी जिल्लाका ५ जनाको मृत्यु भएको हो । योसँगै बाँके जिल्लाका २ सय ९५ जना र अन्य जिल्लाको २ सय ९२ जनाको मृत्यु भएको छ ।