बाँकेका अस्पतालमा कोरोनाबाट १२ घण्टामा ३ संक्रमितको मृत्यु

नेपालगन्ज : बाँकेका अस्पतालमा मंगलबार राति ८ः४५ बजेदेखि बुधबार बिहान ८ः३० बजेसम्म १२ घण्टाभित्र ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार मृत्यु हुनेमा बाँकेको नेपालगन्ज नगरपालिका वडा नं. ८ का ६७ वर्षका पुरुषको मंगलबार राति १०ः३० बजे युनाइटेड अस्पताल नेपालगन्जमा, बझाङको खप्तडचना ४ का ६५ वर्षका पुरुषको मंगलबार राति नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा र बुधबार बिहान ८ः३० बजे भेरी अस्पताल नेपालगन्जमा सुर्खेतको चौकुने गाउँपालिका ४ का ७० वर्षका पुरुषको मृत्यु भएको हो । योसँगै कोरोनाबाट बाँकेमा मृत्यु हुने २ सय ९६ र बाहिरी जिल्लाका २ सय ९४ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *