नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गर्ने जेसीबी, ट्रिप्पर र ट्याक्टर प्रहरी नियन्त्रणमा

मुरली गोडिया । गुलरिया
बर्दियामा नदीजन्य पदार्थ अवैध रुपमा उत्खनन् गरी ओसारपसार गरेको अभियोगमा जेसीबी, ट्रिप्पर र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारबर्दिया नगरपालिका–२ लठुवाघाट स्थित बबई नदीमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा ३ वटा ट्रिप्पर, १ वटा जेसीबी र १ वटा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए । नियन्त्रणमा लिएका गाडी कारबाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय गुलरियामा बुझाएको छ ।