बाँकेका अस्पतालमा बाहिरी जिल्लाका संक्रमित मृत्यु हुने बढे

नेपालगन्ज : बाँकेका अस्पतालमा उपचार गर्न आएका बाहिरी जिल्लाका संक्रमितको मृत्यु दर बढेकोे छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शुक्रबार मध्यान्न १२ बजेसम्म बाहिरी जिल्लाका ३ सय ६ जनाको मृत्यु भइसकेको छ । बाँकेका भने २ सय ९६ जनाको मृत्यु भएको छ । बिहीबार रातिदेखि शुक्रबार मध्यान्नसम्म ५ जनाको मृत्यु भएकोमा सबै बाहिरी जिल्लाका छन् ।