बाँकेमा ९६ प्रतिशत संक्रमितले कोरोना जिते

नेपालगन्ज : बाँके जिल्लाका झन्डै ९६ प्रतिशत संक्रमितले कोरोना जितेका छन् ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार शनिबार साँझ ६ बजेसम्म जिल्लाका कूल कोरोना संक्रमित १७ हजार २ सय ३८ मध्ये १६ हजार ५ सय २३ जना निको भइसकेका छन् । जुन कूल कोरोना संक्रमितको ९५.८५ प्रतिशत हो । जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय १५ मात्र छन् । कूल संक्रमितमध्ये ३ सय जनाको मृत्यु भएको छ । जिल्लामा कोरोनाको संक्रमण र मृत्युदर पनि घट्दो क्रममा छ ।