‘निषेधाज्ञाले तरकारी बिक्री नभएर बारीमै कुहियो’

जानकी गाउँपालिका-३ बन्जारे गाँउका किसान आदित्यकुमार वर्मा तरकारी बारीमा । फोटो सौजन्य : दिनेश ठाकुर

दिनेश ठाकुर । बन्जारे गाँउ (बाँके)

निषेधाज्ञामा तरकारी बिक्री नभएपछि बारीमै कुहिन थालेको छ ।
बाँकेको जानकी गाउँपालिका ३ बन्जारे गाँउका किसान आदित्यकुमार वर्माले लाखौँ लगानीमा उत्पादन गरेका तरकारी समयमै बिक्री हुन नसक्दा खेतबारीमै तरकारी कुहिन थालेको बताए । उनले भने, ‘बैंकबाट ऋण लिएर तरकारी खेती सुरु गरियो । उत्पादित तरकारी बिक्री गर्न नसक्दा व्याज तिर्न समेत धौ धौ भएको छ ।’


श्री मध्यमिक विद्यालयका प्रधानध्यापकसमेत रहेका वर्माले ४० लाख लगानी गरेर कृषि पेशा सुरु गरेका थिए । उनले भाडाको र आफ्नो गरी ६ विगहा क्षेत्रफलमा तरकारी खेती गरेका छन् । बोडीबाट पाँच लाख, करेलाबाट १० लाख, टमाटरबाट ३ लाख रुपैयाँ घाटा लागेको बताए । उत्पादित तरकारी नेपालगन्जको रानी तलाउ तरकारी मण्डीमा बिक्री गर्दा थोक व्यापारीहरुले प्रति किलो ८ प्रतिशतका दरले नाफा खाना खोज्ने किसान वर्माले गुनासो गरे ।