बाँकेमा ३१ जेठसम्म थपियो निषेधाज्ञा

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेका आगामी ३१ जेठसम्म निषेधाज्ञालाई निरन्तरता दिएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार जारी गरेको आदेशमा गत हप्ता झैं किनमेल गर्नका लागि बिहान ७ बजेदेखि मध्यान्न १२ बजेसम्म समय तोकिएको छ । जिल्लामा १३ वैशाखदेखि निषेधाज्ञा जारी गरिएको थियो । नेपालगन्ज उपमहानगरपालिकामा भने ९ वैशाखदेखि नै निषेधाज्ञा छ ।