खजुराका क्षयरोगीलाई ६ महिने पोषण राहात

नेपालगन्ज : खजुरा गाउँपालिकामा क्षयरोगीहरुलाई ६ महिने पोषण राहात सुरु भएको छ ।
बिएनएमटी नेपालको सहयोगमा सोमबार खजुरा गाउँपालिका २, ३, ५, ७ र ८ का गरी ८ जनालाई पोषण राहात वितरण गरिएको कार्यक्रम संयोजक राजेशकुमार यादवले जानकारी दिए । खजुरा गाउँपालिका स्वास्थ्य संयोजक सुदीप पौडेल, जिल्ला स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन मानव नेपाली, बीएनएमटी नेपालका क्षेत्रीय प्रबन्धक गंगाराम बुढाथोकीले संयुक्त रुपमा राहात वितरण कार्यको शुभारम्भ गरेका हुन् ।
क्षयरोग लागेको कारण रोजगारी गुमाएका, घरमा अन्य आयस्रोतमा नभएका, दर्ता भएको स्वास्थ्य संस्थाबाट पूरा ६ महिना औषधि उपचार लिने आधार भएको स्वास्थ्य संस्थाको सिफारिस भएका क्षयरोगि बिरामीहरुलाई, क्षयरोगसँगै अरु रोग भएका, (गर्भवती, सुत्केरी, जेष्ठ नागरिक, एकल महिला) लाई वडा कार्यालयबाट अति विपन्न, अति गरिब भनी सिफारिस गरिएको पत्रका आधारमा साढे २२ किलो चामल, १ लिटर खाने तेल, ३० वटा अण्डा, २ किलो दाल (मसुरोको दाल), २ किलो बदाम वितरण गरिएको हो । यो हरेक महिना गरी ६ महिनासम्म वितरण हुनेछ । जिल्लाका ८ वटै स्थानीय तहका १०० जनालाई पोेषण राहात दिने लक्ष्य रहेको छ ।