बाँकेमा ८ हजारले लगाए कोरोनाको भेरोसेल खोप

नेपालगन्ज : बाँके जिल्लाका ८ वटै स्थानीय तहमा गरी ८ हजार बढीले कोरोनाविरुद्धको भेरोसेल खोप लगाएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार शुक्रबार थप ६ सय ३० गरी ८ हजार ४५ जनाले खोप लगाएका हुन् । जुन कूल लक्ष्यको प्रगति ९३ प्रतिशत हो ।