बाँकेमा सक्रिय संक्रमितको संख्या १९० मात्रै

नेपालगन्ज : बाँकेमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओेलीका अनुसार बाहिरी जिल्लाका १२० सहित बाँकेका अस्पताल र आइसोलेसन सेन्टरमा उपचार गराइरहेकाहरुको संख्या ३ सय २१ रहेको छ । बाँकेका मात्र एक सय ९० जना हुन् । बाँके र बाहिरी जिल्लाका गरी अस्पतालमा उपचार गराइरहेका.९१ जना मात्र छन् । जसमा बाँकेका मात्र २२ जना मात्र छन् । बाहिरी जिल्लाका ६९ हुन् । कोरोनाबाट बाँकेका ३०७ र बाहिरी जिल्लाका ३३८ जना छन् ।