एसईईको नतिजा यो वर्ष पनि विद्यालयको मूल्याङ्कनको आधारमा हुने

विद्यालयले २० असारसम्म एसईईको मूल्याङ्कन नतिजा जिल्ला शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने

नेपालगन्ज : राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणका कारण भौतिक रुपमा एसईई परीक्षा हुन नसक्ने भएपछि यो वर्ष पनि विद्यालयहरुको मूल्याङ्कनकै आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ ।
बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्याङ्कन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको छ । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई)को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले ‘कक्षा १० को विद्यार्थी मूल्याङ्कन कार्यविधि, २०७८’ तयार गरी विद्यालयले विद्यार्थीको मूल्याङ्कन नतिजा असार २० गतेभित्र जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाउनुपर्ने र उसले असारभित्र राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने नियम बनाएको हो ।
नयाँ कार्यविधि अनुसार एसईईमा विद्यार्थीको मूल्याङ्कनको मुख्य अधिकार विषय शिक्षकलाई दिइको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । ‘विषय शिक्षकलाई विद्यार्थीको क्षमता बढी थाहा हुने भएकोले मुख्य अधिकार विषय शिक्षकलाई दिएका हौं,’ उनले भने । नयाँ कार्यविधि सोमबार सार्वजनिक गर्ने उनले बताए ।