५ मोबाइल चोरीको अभियोगमा १ जनालाई पक्राउ

मानबहादुर ठकुल्ला । टीकापुर

कैलालीको टीकापुर नगरपालिका ८ फाँटागाउँबाट चोरीको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
बाँकेको नेपालगन्ज घर भइ टीकापुर १ बस्ने एक व्यक्तिलाई मोबाइल चोरी गरिरहेको अवस्थामा स्थानीयले पक्राउ गरेका हुन। निजबाट दुई थान सादा मोबाइल र ३ थान एनरोर्ड मोबाइल र एक थान से १ ब ११०५ नम्बरको सरकारी नं. प्लेट रहेको एफजेड मोटरसाइकलसहित पक्राउ गरिएको प्रहरी चौकी सत्तीका प्रमुख प्रहरी नायव निरीक्षक लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । अभियुक्तलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय टीकापुर पठाइएको छ ।