खुकुलो गर्दै बाँकेमा थप एक साता निषेधाज्ञा

नेपालगन्ज : बाँकेमा एक साता निषेधाज्ञा थपिएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार कोरोना संक्रमणको दर घटदै गएपनि जोखिमको अवस्था कायम नै रहेकोले असार सात गतेसम्म निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञा थपिएपनि यसपटक भने केहि क्षेत्रलाई खुकुलो पारिएको बाँकेका प्रमुख जिल्ला अधिकारीद्धारा जारी सूचनामा उल्लेख गरिएको छ । यसअघि दिउसो १२ बजेसम्म संचालन हुँदै आएका दैनिक उपभोग्य वस्तु लगायत पसल व्यवसायहरु विहान ७ देखि दिउसो २ बजेसम्म खोल्न दिने भएको छ ।
त्यस्तै दुर शिक्षा लगाएतका बैकल्पीक सिकाईका माध्यमबाट हुने शिक्षण तथा सिकाई, विमा, बैंक तथा वित्तिय संस्थावाट हुने सेवा प्रवाह, कृषि कार्य, उद्योग कलकारखाना निर्माण कार्य, रेष्टुरेष्टहरुवाट हुने प्याकिङ तथा टेकअवे सेवा भौतिक दूरी लगाएत जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना हुने व्यवस्था मिलाई संचालन गर्न सकिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिबराम गेलालद्धारा जारी सूचनामा जनाईएको छ ।