बाँकेमा नियमित रक्तदान गर्ने बढे (फोटो फिचर)

नेपालगन्ज : विश्व रक्तदाता दिवसको अवसरमा सोमबार बाँकेमा जनमत अर्द्धसाप्ताहिक पत्रिका लगायतका आधा दर्जन संघसंस्थाले रक्तदान गरेका छन् ।
जनमत ‘त्रैमासिक रक्तदान कार्यक्रम’ को ४९औं श्रृङ्खलामा एसओएस युवालय नेपालगन्जको सहकार्यमा आयोजना गरेको रक्तदान कार्यक्रममा पत्रकार, समाजसेवी, व्यवसायी, शिक्षक, कर्मचारी गरी १० जना महिलासहित ४१ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक पवन जैसवालले बताए ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरमा जेसीस, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, कोहलपुर सिर्जनशील रक्तदान समूह र कोभिड खाद्य बैंकले संयुक्त रुपमा आयोजना गरेका रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी बाँकेको क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले बताए ।