पाठ्यक्रममा योग शिक्षा राखौं : प्रधानमन्त्री ओली

सातौं अन्तर्राष्ट्रिय योग दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली । फोटो सौजन्य : राजन काफ्ले

नेपालगन्ज : ७औं अन्तर्राष्ट्रिय योग दिवसमा सोमबार नेपालमा विविध कार्यक्रम गरी मनाइएको छ ।
‘योग फर वेल विइङ’को नारासहित विश्वभर योग दिवस मनाइएको हो । योग दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत स्वास्थ्य मात्र नभई सामाजिक र साँस्कृतिक स्वास्थ्यलाई पनि सही हालतमा राख्न योग आवश्यक रहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मानवको शारीरिक स्वास्थ्य मात्र होइन मात्र होइन समाजलाई साँस्कृतिक, नैतिक र चारित्रक रुपले सबल राख्न समेत योग आवश्यक रहेको बताएका हुन् । योगबाट असली लाभ लिन अनुशासन, सदाचार र सदगुण लिने रज, तम गुण क्लेश र खराबवृत्ति लाई परित्याग गर्नुपर्ने धारणा प्रधानमन्त्रीले राखेका थिए ।
अब योग सम्बन्धित प्रोटोकल बनाउने र त्यसको परिणाम समेत प्राप्त हुने गरी व्यवस्थित गर्नु जरुरी रहेको उनको थियो । यसका लागि पाठ्यक्रममा योग शिक्षा राख्ने र योग विद्यालय स्थापना पढाउने तथा सिकाउने अभ्यास गर्नुपर्ने उनको सुझाव थियो । योगको विकासका लागि योग साधकहरुसँग मिलेर काम गर्न सरकार तयार रहेको पनि प्रधानमन्त्रीको भनाइ थियो ।
योग समिति नेपाल बाँकेले जिल्ला आयुर्वेद केन्द्र नेपालगन्ज र जिल्ला प्रहरी कार्यालयमा योग अभ्यास सहित शुभकामना आदानप्रदान गर्दै दिवस मनाएको समितिका अध्यक्ष गिरीराज शर्माले जानकारी दिए । योगाभ्यासले मनको शान्ति, आन्मनियन्त्रण र चित्त शुद्धिकरण गर्ने भएकाले मानसिक र शारिरीक रुपमा स्वस्थ हुने योग साधकहरु बताउँछन् ।