२५ असारभित्र कर तिर्नुपर्ने निर्णयविरुद्ध बाँकेका उद्योगी व्यवसायी आन्दोलित

नेपालगन्जको त्रिभुवन चोकमा विरोध प्रदर्शनमा उत्रिएका उद्योगी/व्यवसायी । फोटो : चिरञ्जीवी ओलीको फेसबुकबाट

नेपालगन्ज : सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेपछि बाँकेका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् ।
सरकारको निर्णयविरुद्ध नेपालगन्ज उद्योग वाणिज्य संघले मंगलबार नेपालगन्जमा सांकेतिक विरोध प्रदर्शन गरेको छ । निषेधाज्ञा जारी राखेर नेपाल सरकारको कर दाखिला गर्ने असार २५ को म्याद अव्यवहारिक भएको भन्दै सांकेति विरोध गरेको संघका महासचिव चिरञ्जीवी ओली बताउँछन् । ब्यवसायीले कोरोनाविरुद्धको खोप लगाउन पाउनुपर्ने, मौद्रिक नीतिमार्फत बैंक ब्याज छुट, कोरोनाको संक्रमण घटेसँगै लकडाउन हटाउनु पर्ने, सीमा नाका ब्यवस्थित गर्नुपर्ने लगायतका माग सरकारसँग गरेका छन् ।