बाँकेका ८ स्थानीय तहको बजेट झन्डै ७ अर्ब (सूचीसहित)

नेपालगन्ज उपहानगरपालिका उपप्रमुख उमा थापा मगर बजेट प्रस्तुत गर्दै । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : बाँकेका ८ वटा स्थानीय तहले बिहीबार आर्थिक वर्ष ०७८/७९ को लागि झन्डै ७ अर्बको बजेट ल्याएका छन् ।
सबैभन्दा बढी बजेट नेपालगन्ज उपमहानगरपालिकाले एक अर्ब ५४ करोड ७७ लाख ११ हजारको रहेको छ । उपप्रमुख उमा थापा मगरले प्रस्तुत गरेको बजेटमा एक तिहाइ बजेट वडालाई छुट्टाइएको छ । वडालाई ३९ करोड २६ लाख ४० हजार विनियोजन गरेको छ । २३ नं. वडालाई कम्तीमा ७२ लाख ८७ हजार र सबैभन्दा बढी वडा नं. १८ लाई १ करोड ८७ लाख ९५ हजार बजेट छ ।

कोहलपुर नगरपालिकाले विवादकै बीचमा १ अर्ब १७ करोड ३४ लाखको बजेट प्रस्तुत गरेको छ । उपप्रमुख सञ्जुकुमारी चौधरीलगायत, कांग्रेस र नेकपा निकटका सभा सदस्यले बहिस्कार गरेपछि नेकपा एमाले निकटका सभा सदस्यले मात्र बजेट प्रस्तुत गरेका थिए । असहमतिका बाबजुत बजेट ल्याएको नगर प्रमुख लुटबहादुर रावतले बताए । नगर उपप्रमुख चौधरीले भने बजेट निर्माणकै विषयमा सहमति नजुटेको बताइन् । बहिस्कार गर्ने पक्षले शुक्रबार पत्रकार सम्मेलन गर्दैछ ।

खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विक डालोमा बजेट लगेर प्रस्तुत गर्न जाँदै। फोटो सौजन्य : दुर्गा रोकाय

त्यसैगरी खजुरा गाउँपालिकाले ७५ करोड ९३ लाख ४० हजार, बैजनाथ गाउँपालिकाले ६५ करोड, ४३ लाख ९० हजारको, राप्ती सोनारीले ८२ करोड ३४ लाख ९१ हजारको, जानकीले ६९ करोेड ८५ लाख ३७ हजार, डुडुवाले ६८ करोड ६३ लाख ११ हजार र नरैनापुर गाउँपालिकाले ४९ करोड १ लाख ४६ हजारको बजेट ल्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *