बर्दियामा लागु औषध ब्राउन सुगरसहित एकजना पक्राउ

गुलरिया : बर्दियामा लागु औषधसहित एकजना पक्राउ परेका छन । गुलरिया नगरपालिका वडा नं.७ का १९ बर्षिय वारिस धोवी १ ग्राम ६ सय ५० मिलिग्राम लागु औषध ब्राउन सुगरसहित सोमबार बेलुकी पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार पक्राउ परेका धोवीलाई गुलरिया ६ स्थित बिद्युत टोलमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
उनलाई बर्दिया जिल्ला अदालत गुलरियाबाट ७ दिन म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीले बताए ।