नेपालगन्जका मुस्लिम समुदाय उत्साहका साथ मनाउँदै बकर इद (फोटो फिचर)

नेपालगन्जको वीपी चोकस्थित इदगाहमा नमाज पढ्न भेला भएका मुस्लिम धर्मालम्वीहरु । फोटोे सौजन्य : निहाल अख्तर

नेपालगन्ज : नेपालगन्जका मुस्लिम समुदायले यसबर्ष मस्जित र इदगाहमा नमाज पढी उत्साहका साथ बकर ईद मनाएका छन । दुईबर्ष सम्म कोरोना भाइरसका कारण घरमै नमाज पढी चाडवाड मनाएका उनीहरुले यस वर्ष कोरोना संक्रमण घटेका कारण मस्जित र इदगाहमा मनाएका हुन । रमजान पर्वको ७० औँ दिनमा मनाइने यो पर्व मुस्लिम धर्मावलम्बीहरुको रमजानपछिको दोश्रो ठूलो पर्व हो ।

मौलाना अब्दुल जब्बार मञ्जरीले भने, ‘२ वर्षअघिको जस्तो धेरै भीँड त भएन तर इदगाह र मस्जिदमा केही मानिसले नमाज पढे । धर्म पनि जोगाउनु प-यो । ज्यान पनि सुरक्षित राख्नु प-यो । सुरक्षाका विधि अपनाएर नमाज पढिएको छ ।’मञ्जरीका अनुसार तीन दिनसम्म मनाइने बकर इदलाई बलिदानीको पर्वका रुपमा पनि लिइन्छ । नमाज पढिसकेपछि घरमा विभिन्न जनावरको बली दिने चलन छ । त्यो मासुलाई तीन भाग लगाएर एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने गरिन्छ । हिजरी संवत् अनुसार १४३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको बताइन्छ ।