बर्दियामा ३ जना फरार अभियुक्त पक्राउ

गुलरिया : बर्दिया प्रहरीले सार्वजनिक अपराध मुद्दामा सजाय तोकि फरार रहेका तीन जना अभियुक्तलाई पक्राउ गरेको छ ।

बर्दिया जिल्ला अदालतको मिति २०७२ चैत ९ गतेको फैसला आदेशले केही सार्बजनिक अपराध मुद्दामा जनही ५ हजार जरिवाना तोकिई फरार रहेका कसुरदार राजापुर १ का अशोक चौधरी र केशब थारुलाई पक्राउ गरेको हो । उनीहरुलाई ईलाका प्रहरी कार्यालय राजापुरको प्रहरी टोलिले शुक्रबार पक्राउ गरी जिल्ला अदालत गुलरियामा बुझाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीले बताए । त्यस्तै बर्दिया जिल्ला अदालतको मिति २०७७ पुस १५ गतेको फैसला आदेशले सवारी ज्यान मुद्दामा २ महिना ४ दिन कैद सजाय तोकिई फरार रहेका बारबर्दिया नगरपालिका ८ का २७ बर्षिय सुमन चौधरीलाई पक्राउ गरिएको हो ।
चौधरीलाई ईलाका प्रहरी कार्यालय जयनगर बर्दियाको प्रहरी टोलिले शुक्रबार पक्राउ गरी सम्मानित बर्दिया जिल्ला अदालत गुलरियामा बुझाईएको प्रहरी नायव उपरिक्षक शाहीको भनाई छ ।