भन्सार छलेका ८ लाख रुपैयाँको सामान बरामद

नेपालगन्ज : बाँके प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर आयात गरेको ८ लाख रुपैैयाँ बराबरको सामान नेपालगन्जमा बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले शनिबार पत्रकार सम्मेलन गरी नेपालगन्ज १५ जमुनाहा बस्ने ३२ वर्षका मोनु कवडियाले नेपालगन्ज ७ एमपी स्कुल नजिक एउटा कोठा भाडामा लिएर राखेको मोटरसाइकल तथा गाडीका पाटपुर्जा, कपडा, छाता लगायतका रहेका छन् । प्रहरीले बरामदका ती सामग्रीलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगन्ज बाँकेमा पठाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *