लोकप्रिय सन्देश दैनिकको आयोजनामा ३५ जनाले गरे रक्तदान

नेपालगन्ज : लोकप्रिय सन्देश दैनिक नेपालगन्जको आयोजनामा शनिबार ३५ जनाले रक्तदान गरेका छन् ।
भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको क्षेत्रीय रक्तसञ्चार केन्द्रमा आयोजना गरिएको नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल, वैश्य सेवा समाजका अध्यक्ष नन्दलाल वैश्य, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव कृष्ण वली लगायतको सहभागितामा रक्तदान गरेका थिए । अस्पतालमा रगत अभाव हुन नदिन पत्रिकाले ४ वर्षदेखि त्रैमासिक रुपमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।