हृदयघातबाट पत्रकार सिद्धिकीको निधन

नेपालगन्ज : बाँकेका पत्रकार मोविनुद्दिन सिद्धिकीको हृदयघातबाट निधन भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका १ धम्बोझीका पत्रकार सिद्धिकीलाई आइतबार साँझ ६ः३० बजे हृदयघात भएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारमा लगेको ३० मिनेटमा निधन भएको पत्रकार आलम खानले बताएका छन् । युथ टुडे न्युजका कार्यकारी सम्पादक रहेका सिद्धिकी नेपाल पत्रकार महासंघ बाँके शाखा, मुस्लिम पत्रकार क्लब र प्रेस संगठन बाँकेको सदस्य थिए ।