३१ असारसम्म लम्बियो बाँकेमा निषेधाज्ञा
नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँकेले जारी निषेधाज्ञालाई ३१ असारसम्म थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार जारी गरेको आदेशमा बाँकेमा कोरोना संक्रमण दर घट्दो क्रममा रहे पनि जोखिमको सम्भावना कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ । बाँकेमा १३ वैशाखदेखि निषेधाज्ञा छ । निषेधाज्ञा भनिए पनि बजार खुल्ला छ ।