बर्दियामा छोरीलाई पटक–पटक करणी गर्न खोज्ने बुवा पक्राउ

गुलरिया : बर्दियामा आफ्नै छोरीलाई पटक पटक करणी गर्न खोज्ने बुवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार असार १८ गते घरको कोठाभित्र एक्लै सुतिरहेको अवस्थामा आफूलाई बलात्कार गर्न खोजेको भन्दै छोरी सोनिया शर्मा (नाम परिवर्तित) ले उजुरी दिएपछि उनका बुवालाई पक्राउ गरिएको हो । यस अघि पनि बुवाले पटक–पटक यौन दुव्यवहार गर्नुका साथै करणी गर्ने प्रयास समेत गरेको पीडित छोरीले उजुरीमा उल्लेख गरेकी छिन् । पीडक आफ्नै बुवा भएको कारणले इज्जतको डरले कोही कसैलाई नभनेको भनि निज पीडितले बताएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनका बुवा उपर जबरजस्ती करणी उद्योग मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिप्रका बर्दियाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *