रेडपान्डाको छालासहित धनगढीबाट २ जना पक्राउ

मानबहादुर ठकुल्ला । धनगढी
प्रहरीले क्रैलालीमा लोपोन्मुख प्रजातिको रेडपान्डाको छाला सहित दुई जनालाई पक्राउ गरेको छ ।
संघीय प्रहरी इकाइका प्रवक्ता प्रहरी नायवब उपरीक्षक लक्ष्मण शाहका अनुसार भारतको लखिमपुर मोतिहार घर भइ हाल बोराडाँडी बस्दै आएका ४१ वर्षका गगनदेव पण्डित र कन्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा न ३ का ३८ वर्षका मुकेश भट्टलाई धनगढी उपमहानगरपालिकाको वडा न ४ बाट मंगलबार दिउँसो ४ बजे रेडपान्डाको छाला १ थान पर्जुत मोटर वर्कसपमा झोलाभित्र लुकाएर राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो । संघीय प्रहरी इकाइको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको थियो । दुबै जनामाथि प्रहरीले वन्यजन्तु तस्करी सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *