गुलरियाका १०५ अतिविपन्नलाई खाद्यान्न सहयोग

गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादव खाद्यान्न सामग्री वितरण गर्दै । फोटो : मुरली गोडिया

मुरली गोडिया । गुलरिया
बर्दियाको गुलरिया नगरपालिकाका एक सय पाँच घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।
रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरि बाँके)ले रोटरी क्लब अफ बर्दियाको समन्वय तथा गुलरिया नगरपालिकाको सहकार्यमा राहत वितरण गरेको हो । नगरपालिकाको वडा नं. ४, ५, ६, ७ र ८ का प्रति घरपरिवार ३५ किलो चामल, दुई किलो दाल, दुई लिटर तेल, दुई किलो नुन, दुई किलो चिनीलगायत चार लाख अठ्तीस हजार रकम बराबरको राहत वितरण गरेएको हो । नगर प्रमुख मुक्तिनाथ यादवले विभिन्न संघसंस्थासाग समन्वय गरेर रहत वितरण गरिरहेको बताए ।
रेरि बाँकेका अध्यक्ष पुनित विक्रम शाह र रोटरी क्लब अफ बर्दिया वर्ष २०२१ का प्रेसिडेन्ट इलेक्ट सुधांशु प्रकाश शर्माले निषेधाज्ञाका कारण कुनै पनि गरिब असहायहरुले भोकभोकै बस्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले गुलरियामा राहत वितरण गरिएको बताए ।