नेपालगन्जका १६८ महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल उपहार

महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई साइकल हस्तान्तरण कार्यक्रममा नगर प्रमुख डा.धवलशम्शेर राणा । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहन स्वरुप साइकल उपहार दिएको छ ।
मुुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत नेपालगन्जमा कार्यरत २ सय १ मध्ये १ सय ६८ जनालाई बुधबार नगर प्रमुख डा. धवलशम्शेर राणाले साइकल हस्तान्तरण गरेका हुन् । साइकल भएपछि महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई काम गर्न सहज हुने र समग्रमा नगरकै स्वास्थ्य क्षेत्र सुधार हुने बताए । उपहारमा साइकल पाएपछि महिला स्वास्थ्य स्वयम् सेविकाहरु निकै खुसी देखिन्थे ।