टीकापुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको वार्षिक साधारणसभा सम्पन्न

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारी उद्घाटन गर्दै । फोटो : मानबहादुर ठकुल्ला

मानबहादुर ठकुल्ला । टीकापुर
टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पाँचौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको मंगलबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीले उद्घाटन गरेका थिए । मन्त्री सोडारीले सरकारले लगाएको सामाजवादको नारा कागजमा मात्रै सिमित रहेको र सत्ता मोहको कारण अहिले देश धरासायी बनेको बताए ।
कार्यक्रममा सांसद हरिलाल ज्ञवालीले टीकापुर साना सहकारी खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाले खानेपानीको गुणस्तरियता कायम राख्नुपर्नेमा जोड दिएका थिए ।
प्रदेशसभा सदस्य उमा वादीले उत्पिडित वर्ग समुदायको लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् । टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले टीकापुरको विकासका लागि सबै समुदाय वर्ग राजनैतिक दलको सहकार्य र सहयोग आवश्यक रहेको बताए । सबैको सहयोग रहेमा सुन्दर नगरको रूपमा टीकापुर चिनिने कुरामा दुई मत नरहेको उनले प्रष्ट पारे ।
संस्थाका अध्यक्ष भैरव रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष गोपी जैशी, टीकापुर नगरपालिकाका वडा अध्यक्ष गंगाराम आचार्य, नेकपा एमालेका जिल्ला सचिवालय सदस्य प्रेमबहादुर साउँद, नेपाली कांग्रेसका नगर सभापति धनराज उपाध्याय, जनता समाजवादी पार्टीका जिल्ला सचिप हरि तिमिल्सिना, जनमोर्चाका जिल्ला अध्यक्ष दयाराम सञ्ज्याल, खानेपानी संस्थानका सल्लाहाकार उदयराम अधिकारी, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष योगेश रावल लगायतले साधारणसभा सफलताको कामना गरेका थिए ।
सो अवसरमा टीकापुर साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई योगदान पुर्‍याएको भन्दै टीकापुर बहुमुखी क्याम्पसका प्रमुख हर्कबहादुर भण्डारी, अमसिह रावल, टीकाराम जैसी, गोरखबहादुर खड्काका साथै आर्थिक वर्ष २०७६/७७ मा उत्कृष्ट कर्मचारीको रुपमा सब इन्जिनियर चरित्र रावल र आर्थिक वर्ष २०७७ र ७८मा उत्कृष्ट कर्मचारीको रुपमा महेन्द्र रावललाई नगद सहित सम्मान गरेको थियो ।
आर्थिक वर्ष आर्थिक वर्ष २०७६/७७ को २ करोड २९ लाख ८८ हजार ८ सय २२ र आर्थिक वर्ष २०७७/७८ को १ करोड ९३ लाख ८ सय ८७ रुपैया बराबरको आयव्यय विवरण रहेको छ । खानेपानी सस्थामा ७ हजार २ सय २६ जना उपभोक्ता रहेका छन् भने वडा न १ देखि ५ सम्मसम्म खानेपानीको सेवा संस्थाले दिँदै आइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *