लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ

टीकापुर : कैलालीको टीकापुर नगरपालिका-६ बेलुवाबाट ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय टीकापुरका इन्चार्ज प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाका अनुसार बिहीवार अपराह्न ५ः३० बजे टीकापुर नगरपालिका वडा नं. ७ बैदीका ३६ वर्षका लोकेन्द्र साउँद र २८ वर्षका धनसिंह सुनारलाई १४ ग्राम ९७० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो । ब्राउन सुगरको कारोबार भइरहेको विषेश सूचनाको आधारमा प्रहरी पुग्दा उनीहरुले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखेको अवस्थामा प्लाष्टिक ब्राउन सुगर फेला परेको थियो । दुबै जनालाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको इप्रकाले जनाएको छ ।