२०१ महिला स्वयंसेविकालाई जनही ५० हजार नगदसहित सम्मान गर्दै विदाइ

महिला महिला स्वयंसेविकालाई सम्मान गर्दै नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणा । फोटो सौजन्य : गोविन्द शर्मा

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले ६० वर्ष उमेर पुरा भएका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मानसहित विदाइ गरेको छ ।
महिला स्वास्थ्य स्वयमसेविकाहरुले हालसम्म पु¥याएको योगदानको कदर गर्दै संघीय सरकारले २० हजार रुपैयाँ मात्रै उपलब्ध गराएकोमा उपमहानगरपालिकाले ३० हजार थप गरि ५० हजार रुपैयाँ उपलब्ध गराइएको हो । शुक्रबार नगर प्रमुख डा. धवलशम्शेर राणा, प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी र स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले नगरका दुई सय एक जना महिला स्वास्थ्य स्वयंसेविका औपचारिक विदाइ गरेका थिए ।