अनिता शाहीको नेतृत्वमा लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन

नेपालगन्ज : एसओएस युवालय नेपालगन्जका युवाहरुको भेलाले अनिता शाहीको नेतृत्वमा लियो क्लब अफ नेपालगन्ज सेन्ट्रल गठन गरेका छन् ।
शुक्रबार नेपालगन्जमा आयोजित भेलाले शाही अध्यक्ष रहेको समितिमा प्रथम उपाध्यक्ष इन्द्र बुढा, द्वितीय उपाध्यक्षमा स्मृति चौलागाई, तृतीय उपाध्यक्षमा दुर्गा धामी, सचिवमा दीपा सापकोटा, कोषाध्यक्षमा गणेशसिंह सुनार चयन भएका छन् ।
त्यस्तै क्लबको निर्देशकहरुमा गणेशसिंह सुनार, विकास शाही र लोकबहादुर थापा, जनसम्पर्क अधिकारीमा नारायणी कोइराला, टेमर सपना सिजापति तथा टेल ट्वीस्टर प्रतिभा रोकाय चयन भएका छन् भने सदस्यहरुमा अञ्जली राजी, अश्लेषा विश्वास, कृष्ण सिंह, टेकेन्द्र बोहरालगायत रहेका छन् ।
लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलका अध्यक्ष विष्णुबहादुर रिमालको अध्यक्षतामा सम्पन्न लायन्स क्लब अफ नेपालगन्ज सेन्ट्रलको पहिलो कार्य विभाजन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबका डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ ज्ञानेन्द्रकुमार श्रेष्ठले लायन्स तथा लियो क्लबको महत्व तथा उद्देश्यहरु माथि प्रकाश पारेका थिए ।