पूर्वमन्त्री यादव स्थानीयसँगै गाउँ सफाइमा

रमेशकुमार यादव । बेतहनी
लुम्बिनी प्रदेशका पूर्वमन्त्री विजयबहादुर यादव स्थानीय युवासँगै गाउँ सफाइ अभियानमा लागेका छन् ।
बेतहनी प्रहरी चौकी र सहयोगी युवाहरुको सन्जाल, बेतहनीको सक्रियतामा शनिवार डुडुवा गाउँपालिकाको वडा नं.२ बेतहनी बजारमा बृहत सरसफाई कार्यक्रम गरिएको हो । बेतहनी प्रहरी चौकीदेखि बेतहनी बजारहुँदै वडा कार्यालय र स्वास्थ्य चौकी कार्यालयसम्म सरसफाई गरिएको र आगामी दिनमा अन्य टोलमा गएर सरसफाई गरिने युवा धर्मविर सोनीले बताए । अभियानलाई निरन्तरता दिन युवाहरुले आफनो टोल तथा घरमा पनि सरसफाई पनि गर्ने प्रतिबद्धता गरेका छन् ।