विश्वासिलोको आयोजनामा ६२ जनाद्वारा रक्तदान

पवन जैसवाल । भुरिगाउँ

विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा बर्दियामा ६२ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका-१ भुरिगाउँमा शनिबार आयोजना गरेको कार्यक्रममा १५ महिला र ४८ पुरुषले रक्तदान गरेका हुन् ।

सहकारीका अध्यक्ष चित्रप्रसाद खनालले रगत संकलन गर्ने पाकेट प्राविधिक राजेन्द्र महतरालाई हस्तान्तरण गरी रक्तदान शुभारम्भ गरेका थिए । २०५२ सालमा स्थापित विश्वासिलो सहकारीको केन्द्रिय कार्यालय ठाकुबाबा नगरपालिका वार्ड नं.– ८ मढेलामा छ भने सेवा केन्द्र जिल्लाका ८ वटै स्थानीय तहमा छ ।