मालपोतमा घिनलाग्दो फोहर ! (फोटो फिचर)

शब्द/फोटो : रमेशकुमार यादव
बुधबार बिहान भेरी अस्पताल नेपालगन्जको छेवैमा रहेको बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयमा संवाददाता पुग्दा सेवाग्राहीको घुँइचो निकै थियो । कार्यालयभित्रको फोहर देखेर सेवाग्राही घिन मानिरहेका थिए ।

सबैभन्दा बढी फोहर शौचालय क्षेत्रमा थियो । जहाँ कति दिनदेखि फोहर नै सफा नगरे जस्तो अनुभूति हुन्थ्यो । शौचालयको हात धुने धारामा पानी आउँदैन । गुट्खा खाएर थुक्ने ठाउँ भएको छ । प्यान रातै छन् । गुट्खाका खोस्टाहरु सर्वत्र भेटिन्छ ।

सेवाग्राही व्यङ्ग्य गर्दैथिए, ‘धेरै कर उठाउने कार्यालयमा यति धेरै फोहर हुन्छ । सफाइ गर्ने बजेट हुँदैन कि ?’