फागुन महिनाभित्र बाँके जिल्लालाई बालविवाह मुक्त घोषणा गर्ने महत्वाकांक्षी योजनाको तयारी !

नेपालगन्ज : जिल्ला बालअधिकार समिति बाँकेले आगामी ६ महिनाभित्र जिल्लालाई बालविवाह मुक्त घोषणा गर्ने तयारी गरेको छ ।
जिल्ला समन्वय समिति बाँकेका प्रमुखको नेतृत्वको समितिले शनिबार नेपालगन्जमा आयोजना गरेको बालविवाह अन्त्यका लागि जिल्ला स्तरीय नीति २०७८ को मस्यौदामाथि सरोकारवालाबीच छलफलमा आगामी फागुन मसान्तभित्र बाँकेलाई बालविवाह मुक्त घोषणा गर्नु महत्वाकांक्षी लक्ष्य पारित गरिएको हो ।

जिसस बाँकेका प्रमुख तथा जिल्ला बाल अधिकार समितिका संयोजक अजयकुमार श्रीवास्तवले लक्ष्य अनुसार काम गर्न सकेमा बाँके देशकै पहिलो बालविवाह मुक्त जिल्ला हुने दाबी गरे । उनले भने, ‘फागुन मसान्तभित्र बालविवाह मुक्त घोेषणा गर्ने सबै स्थानीय तहललाई हामी जनही १० लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गछौं ।’
कार्यक्रममा जिल्लाका ८ वटै स्थानीय तह, बालक्लब, किशोरी क्लब, अधिकारकर्मी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । बाँकेमा ८१ वटा वडा रहेकोमा अहिलेसम्म जिल्लाका नेपालगन्ज उपमहानगरपालिकाका र जानकी गाउँपालिकाकाका चार चार, कोहलपुर नगरपालिकाका तीन, बैजनाथ र खजुरा गाउँपालिकाका दुई दुई वडा गरी १५ वटा मात्र बालविवाह घोषणा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *