डब्लुडब्लुजेद्वारा बाँके अध्यक्ष केसीलाई सम्मान

नेपालगन्ज : क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)ले बाँके शाखा अध्यक्ष अमृता केसीलाई सम्मान गरेको छ ।
नेपाल सरकारको निजामति सेवामा न्याय, कानुन तथा सरकारी वकिल समूहको शाखा अधिकृतमा अध्यक्ष केसी सिफारिस भएपछि डब्लुडब्लुजेले शनिबार नेपालगन्जमा एक समारोहबीच सम्मान गरेको हो । डब्लुडब्लुजेकी पूर्वअध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, डब्लुडब्लुजे बाँके शाखा अध्यक्ष अक्षरी पोखरेल, शाखाका उपाध्यक्ष सावित्री गिरीले केसीलाई संयुक्त रुपमा सम्मान गरेका हुन् । कार्यक्रममा डब्लुडब्लुजेकी बाँके शाखा उपाध्यक्ष गिरीलाई कार्यवाहक अध्यक्षको रुपमा जिम्मेवारी हस्तान्तरण गरिएको थियो । सो अवसरमा तिजको शुभकामना आदान प्रदान पनि गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *