सीआइबीको नक्कली इन्सपेक्टर पक्राउ !

नेपालगन्ज : नेपाल प्रहरीको सीआइबीकोे इन्सपेक्टर बताउने सल्यानका एक जना युवालाई पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सल्यानको दार्माकोट गाउँपालिका-२ का ३२ वर्षका दीपेन्द्र रोकायालाई शनिबार राति १० बजे प्रहरीले पक्राउ गरेको हो । कोहलपुर नगरपालिका-११ को बसपार्क क्षेत्रका होटल तथा पसलहरुमा आफूूलाई सीआइबीको इन्सपेक्टर भन्दै डर, त्रास देखाएर धम्काउँदै सर्वसाधारणलाई दुःख दिने गरेको प्रहरीले जनाएको छ ।