स्याकद्वारा ११ जना कर्मचारीलाई उत्कृष्ट सम्मान

नेपालगन्ज : सामाजिक सचेतन सरोकार मन्च (स्याक नेपाल) बाँकेले १० जना कर्मचारीलाई उत्कृष्ट भन्दै सम्मान गरेको छ ।
स्याकको मंगलबार नेपालगन्जमा सम्पन्न २७औं वार्षिक साधारणसभा तथा सामाजिक परीक्षण कार्यक्रममा बालविवाह रोकथाम परियोजना प्रबन्धक जगदीश थापा, विनिता आरसी, अर्मिला रोकाय, बविता शाह, अकलिम खान, कृष्ण गिरी, सीमा वली, सुनिता थारु, शेषकान्त शर्मा, लक्ष्मीप्रसाद शर्मा, होमकुमार चौधरीलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति बाँकेका प्रमुख अजयकुमार श्रीवास्तव र स्याक नेपालका अध्यक्ष शिवलाल पाण्डे सम्मान गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *