भन्सार छलेको साढे २ लाख रुपैयाँका सामान बरामद

नेपालगन्ज : भन्सार छलेर ल्याएका झन्डै साढे दुई लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका-१० बाट आइतबार दुई लाख ४६ हजार चार सय ४० रुपैयाँ बराबरको सामान बरामद गरिएको हो । बरामद गरिएको सामानहरुमा खसी, लत्ता कपडा, कुर्ता सुरुवाल, सुपारी, चिनी, गाडी मोटरको पार्टपुर्जा, शीशाको गिलासलगायतका सामान रहेका छन् । ती सामान भन्सार कार्यालय नेपालगन्ज पठाएको जिप्रका बाँकेले जनाएको छ ।

1 thought on “भन्सार छलेको साढे २ लाख रुपैयाँका सामान बरामद

Leave a Reply

Your email address will not be published. Required fields are marked *