डेढ लाखका अवैध कपडा नियन्त्रणमा

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको शसस्त्र प्रहरी बल बिओपी खक्रौलाले सोमबार बिहान डेढ लाख रुपैयाँ बढीका अवैध लुगा बरामद गरेको छ ।
बिओपी खक्रौलाका प्रमुख शसस्त्र प्रहरी निरीक्षक पदमराज भट्टका अनुसार सोमबार बिहान ४ बजेको पूरानो भन्सार नजिक १०५ नं. पिल्लरबाट १ लाख साठ्ठी हजार बराबरको कपडा बरामद गरेको हो । बरामद गरिएको कपडामा साडी, सुट, धोतीलगायतका रहेका छ ।टीकापुरको श्रीलंका , कालाकुण्डा क्षेत्र र भजनीको कुसुमघाट, जसबहादुर घाट हिम्मतपुर, कौवाखेडालगायतका स्थानबाट चोरी तस्करि बढेको स्थानीय बताउँछन् ।