भानु पुस्तकालयका अध्यक्ष जैसीको निधन

टीकापुर : भानु सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष देवेन्द्रप्रसाद जैसी (ढुंगाना)को बिहीबार निधन भएको छ ।
टीकापुर ७ सत्ति घर भएका ४८ वर्षीय जैसी कलेजो सम्बन्धीको रोगबाट पीडित थिए । जैसीको बिहान साढे नौ बजे कर्णालीको सत्तीघाटमा अन्तिम संस्कार गरिएको थियो । स्व.जैसी सत्ती कर्णाली सामुदायिक वनको कोषाध्यक्ष, सामुदायिक रेडियोको सञ्चालक सदस्य, रेडक्रस नारायणपुर उपशाखाको सभापति, सामुदायिक सहकारी सत्ति, सामुदायिक मेलमिलाप केन्द्र लगायतका विभिन्न संस्थामा रहेर सामाजिक काम गरेका थिए । उनका २ छोरा १ छोरी छन् ।