ट्रिपरले सडक बाह्रैमास हिलाम्मे (फोटो फिचरसहित)

रमेशकुमार यादव । खजुरा (बाँके)
बाँकेको डुडुवा गाउँपालिकामा एउटा यस्तो बाटो छ । जहाँ बाह्रै महिना हिलाम्मे हुन्छ १ कुरा सुन्दा अचम्म लाग्नसक्छ । ‘वर्षायाम नहुँदा पनि बाटोमा कसरी हिलो हुन्छ त भन्ने जिज्ञासा पनि होला ? डुडुवा गाउँपालिकाको वडा न ५ मा पर्ने गोकुल समुदायिक वन र वभनपूर्वा समुदायिक वनको बीचग बाहमा पर्ने खजुरा नाकाको बाटो कहिल्यै पनि ओभानो हुन पाउँदैन । खजुरा गाउँका मोहन पौडेल भन्छन्, ‘वर्षायाममा त पानी परेर बाटोमा हिलो हुन्छ । बाँकी अरु समय ट्रिपर र ट्रेक्टरले बाटोमा हिलोमय बनाउँछन् । विद्यार्थी र चौपाया चराउन जाने किसानहरु सबैभन्दा बढी मारमा परेका छन् ।’

झंझेरी खोलाबाट नदीजन्य पदार्थको उत्खनन गरेर पानी चुहाउँदै ट्रिपर र ट्रेक्टर चल्ने भएकाले यो बाटो स्थानीयका लागि बाह्रैमास सास्ती बनेको छ । कम्दीको मिलन चोकदेखि उत्तरमा पर्ने यो सडक खण्डको झन्डै ५ किलोमिटर क्षेत्रफलमा हिलोको समस्या झेल्नुपर्छ । यो सडक खण्डमा दैनिक कम्तीमा डेढ सयदेखि २ सयको हाराहारीमा ट्रिपर र ट्रयाक्टरले नदीजन्य पदार्थ ओर्साछन् । कम्दी–फुल्टेक्रा सडक खण्डमा ट्रिपरले पानी चुहाउँदै नदीजन्य पदार्थ ओसारपसार गरेको भन्दै एक वर्षअघि तत्कालीन बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पानीसहितका गाडी चलाउन रोक गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *