तस्करीको सामान बरामद हुँदा ‘तस्कर’ किन पक्राउ पर्दैनन् ?

File photo

मानबहादुर ठकुल्ला । टीकापुर

घटना – १
केहि दिन अघि शसस्त्र प्रहरी बल बिओपीले कपडा बरामद ग¥यो तर सवारी साधन र मानिस पक्राउ गरेन ।

घटना – २
शसस्त्र प्रहरी बल कालाकुण्डाले पनि एक लाख ६३ हजार बराबरको कपडा पक्राउ गरे पनि सवारीसाधन र मानिस पक्राउ गर्न सकेन ।

घटना – ३
सत्ती भन्सार कार्यालय खक्रौला र शसस्त्र प्रहरी बल बिओपी खक्रौलाको संयुक्त गस्ती टोलीले भन्सार छलि गरेर नेपाल भित्र्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा कपडा पक्राउ गरे पनि मानिस र प्रयोग गरिएका सवारी साधन पक्राउ गरेनन्।

घटना – ४
शनिबार राति ११ बजे टीकापुर ८ अरुणाफाँटाबाट करिब १० लाख बराबरको कपडा समातिएको भए पनि मानिस र सवारीसाधन पक्राउ गर्न नसकिएको सत्ति भन्सारका नायव सुब्बा दीलिप कुँवरले बताए।

घटना – ५
आइतबार राति १० बजे टिकापुर ७ कालाकुण्डा बाट ४ लाख ६० हजार बराबरको कपडा समातिएको प्रहरी सहायक निरीक्षक अनिल शाहले जानकारी दिए । मानिसहरु डुङ्गा बाट नदीमा हाम फालेर भागेको बताए ।

घटना – ६
सोमबार टीकापुर ७ कालाकुण्डा क्षेत्रबाट जिल्ला प्रहरी कार्यालयको टोलीले भन्सार छलेर नेपाल ल्याउँदै गरेको अवस्थामा कपडा समातेको छ ।
कैलालीमा अवैध रुपमा सामान बरामद भएका यी ६ त केही प्रतिनिधिमूलक घटना मात्र हुन् । दिनहुँ प्रहरीले भन्सार छलेका सामान बरामद गरेको खबर सार्वजनिक गर्छ तर त्यो सूचीमा तस्करीमा संलग्न व्यक्ति र सवारी साधन फेला पारेको उल्लेख हुँदैन । प्रहरीले तस्करहरु सामान छोडेर भागेको वा बेवारिसे सामान बरामद गरेको रेडिमेड जवाफ दिन्छन् । ‘सामान समात्न सक्ने प्रहरीले मानिस र सवारी साधन पक्राउ नगर्नुलाई प्रहरी गतिविधि शंकास्पद छ’, टीकापुरका एक स्थानीयले प्रहरी कारबाहीप्रति प्रश्न गरे, ‘कतै तस्कर र गाडी छुटाउनमा प्रहरीको लेनदेनमा संलग्नता छ छैन । छानबिन गर्नुपर्ने देखिन्छ ।’