गुलरियामा बालविवाह घटेको छ : उप-प्रमुख गिरी

मुरली गोडिया । गुलरिया
गुलरिया नगरपालिका उप–प्रमुख सुशीला गिरीले नगरमा बालविवाह घट्दो क्रममा रहेको दाबी गरेकी छन् ।
दलित महिला उत्थान संघ बर्दियाद्वारा सञ्चालित बालबिवाह तथा चाँडै हुने विवाह न्यूनिकरण रोकथाम परियोजना अन्तर्गत सरोकारवाला निकायसँग मंगलबार गुलरियामा आयोजना गरेको समन्वयात्मक बैठकमा उप–प्रमुख गिरीले नगरमा बालविवाह गर्ने घटे पनि ठोस नतिजा आउन बाँकी रहेको बताइन् ।
उनले भनिन्, ‘मधेसी समदायमा अभिभावकको दवावमा बालविवाह भइरहेको छ । अन्य समुदायमा भागेर बावविवाह गर्ने प्रचलन छ । कानुनले बालविवाह गर्नुलाई अपराध मानेकाले यो पूर्ण रुपमा अन्त्य हुनुपर्छ ।’ गुलरिया नगरपालिकाभित्र बाँके युनेस्को क्लब, बी–ग्रुप, दलित महिला उत्थान संघ, साथी संस्थालगायतले बालविवाहको क्षेत्रमा काम गरिरहेका छन् ।