पारिवारिक नीजि वन संघ बाँकेको अध्यक्षमा घिमिरे

नेपालगन्ज : पारिवारिक नीजि वन संघ नेपाल (एफोन) बाँकेको अध्यक्षमा सुनिल घिमिरे निर्वाचित भएका छन् ।
संघ बाँकेको मंगलबार नेपालगन्जमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा उपाध्यक्ष गोपाल सुनार, सचिव चेतलाल गिरी, उपसचिव विष्णु शाही र कोषाध्यक्षमा रुपा रावल निर्वाचित भएका छन् ।
संघको सदस्यमा रामनरेश यादव, विशाल वर्मा, मोहन पौडेल, साबिर अलि, मकबुल खान, रणबहादुर कुँवर, दीपा बोहोरा र शेषराम यादव चयन भएका छन् । संघका केन्द्रीय अध्यक्ष जोगराज गिरी, केन्द्रीय कोषाध्यक्ष राजेन्द्र भट्ट, फेकोफन लुम्बिनी प्रदेश अध्यक्ष वसन्ती अधिकारीलगायतले अधिवेशनको सफलताको कामना गरेका थिए । संघका निर्वतमान सचिव तथा लुम्बिनी प्रदेश सचिव किरण ढकालका अनुसार बाँकेमा एफोनका ४ सय ५० सदस्य रहेका छन् । ०७१ सालमा काठमाडौंमा स्थापना भएको एफोनको देशका ६१ जिल्लामा शाखा विस्तार भइसकेको छ ।