डा. श्रेष्ठ दम्पत्तिद्वारा महासंघको एम्बुलेन्स खरिद गर्न ५१ हजार सहयोग

नेपालगन्ज : नेपालगन्ज घर भइ बेलायतमा कार्यरत विशेषज्ञ डाक्टर दम्पत्तिले नेपाल पत्रकार महासंघ बाँके शाखालाई एम्बुलेन्स खरिद गर्न सहयोग गरेका छन् ।
वरिष्ठ सर्जन डा. रामकुमार श्रेष्ठ र स्त्रीरोग विशेषज्ञ डा. निर्मला श्रेष्ठले वरिष्ठ पत्रकार पूर्णलाल चुकेमार्फत् ५१ हजार एक सय एक रुपैयाँ सहयोग गरेका हुन् । शुक्रबार नेपालगन्जमा आयोजित कार्यक्रममा पत्रकार चुकेले महासंघका बाँके शाखा अध्यक्ष दामोदर भण्डारीलाई चेक हस्तान्तरण गरेका हुन् । पत्रकारका लागि निःशुल्क र आमनागरिकलाई सशुल्क सर्वसुलभ रुपमा सेवा प्रदान गर्ने उद्देश्यले एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारी भइरहेको एम्बुलेन्स खरीदका लागि गठित आर्थिक व्यवस्थापन समितिका संयोजक महासंघका उपाध्यक्ष संगीन शर्माले बताए । एम्बुलेन्स खरिदको प्रक्रियामा छ ।