बाँकेले पायो, एकैदिन ३ मन्त्री, दाजुभाइ मन्त्री

नेपालगन्ज : बाँके जिल्लाले एकैदिन तीन जना मन्त्री पाएको छ ।
संघीय सरकारका दुई जना र लुम्बिनी प्रदेश सरकारको एक जना मन्त्री पाएको हो । बाँके क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका सदस्य महेश्वर गहतराज ‘अथक’ संघीय सरकारको युवा तथा खेलकुद मन्त्री बनेका छन् । अथक माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी पहिलो पटक मन्त्रीको अनुभव संगाल्दैछन् ।
त्यसैगरी नेपालगन्ज–२ घरबारी टोलका कांग्रेस नेता गजेन्द्र हमाल पनि संघीय सरकारको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका हुन् । उनलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको कोटामा मन्त्री बनेको आरोप लागेको छ । हमाल कांग्रेस बाँकेका पूर्वसभापति पनि हुन् । नेपालगन्ज–२ घरबारी टोलका सांसद सुरेन्द्र हमाल पनि लुम्बिनी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रीमा सिफारिस भएका छन् । उनी कांग्रेसबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । मन्त्री हमालद्वय दाजुभाइ हुन् । बाँकेले सम्भवतः एकैदिन तीन तीन वटा मन्त्री पाएको यो पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *