रेडपाण्डाको छालासहित एक जना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले संरक्षित रेडपाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शुक्रबार नेपालगन्ज–४ बुद्ध मन्दिर नजिकबाट जाजरकोटको भेरी नगरपालिका–१ का २८ वर्षीय मनिराम सुनार चेकजाँच गर्दा लाई झोलामा जन्तु रेडपाण्डाको छाला थान १ बरामद गरेको हो । उनका विषयमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।